4th Heritage Ride (21 April 2018)

Updated on February 02, 2018, By Ranjan

We will update information soon!
"सम्पदा साइकल" ~ Heritage Ride - धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीय दृस्टीले अति महत्व पूर्ण विश्व सम्पदा मा सूचीकृत उपत्यका का सात सम्पदा साइकल मार्फत भ्रमण गर्दै अन्तरिक तथा वाहिय पर्यटन प्रवर्धन आयोजित कार्यक्रम हो। 

विश्व सम्पदा दिवसको उपलक्ष्य मा उपत्यका सात वटा विश्व सम्पदा मा सूचीकृत सम्पदाको साइकल द्वारा परिक्रिमा गरि हरेक बर्ष मनाईने गरिन्छ।

विगत का बर्षहरुमा झै आगामी २०७५ बैशाख ८ गते, तदनुसार सन् 2017 April 21 तारिख शनिबार Tour De' Lumbini ले विभिन्न साइकल प्रेमी संस्थाहरु संगको सह आयोजनामा चौंथो सम्पदा साइकल "4th Heritage Ride 2018 " कार्यक्रमको आयोजना गर्दै छ।

विगतका बर्षहरु मा हामीले हेरेका देखेका सम्पदा मा निक्कै फेर बदल भैसक्यो। हामी मध्ये कतिले यसलाई नजिकबाट हेर्न पायौं कतिले पाएनौं होला।

हाम्रा पूर्वजहरुले भावी सन्ततीकालागि जोगाएर राखिदिएका सम्पदाहरुले आज हामी धनि छौ। यी सम्पदाहरुलाई हामीले चिन्नु पर्छ। हाम्रा सन्ततिलाई पनि चिनाउनु पर्छ। चिना जानी पछि माया मोह बढ्छ। माया बढे पछि यसको सम्रक्षण गर्न मन लाग्छ। 

यहि सम्पदाहरु ले गर्दा नै आज हामीले कहिँ कतै गौरव गर्ने, गर्व गर्ने स्थान रहेको छ।

गत २०७४ बैशाख २ गते शनिबार तेस्रो सम्पदा साइकल (3rd Heritage Ride 2017) कार्यक्रम को आरम्भ हुदा, भूकम्प पश्चात टुर डे लुम्बिनी ले आयोजना गरेको Post Quake Heritage Ride कार्यक्रम मा सम्पूर्ण साइकल प्रेमी महानुभावहरुले "काष्ठमण्डप पुन निर्माण" को लागि सहयोग स्वरुप प्रदान गर्नु भएको रकम काष्ठमण्डप पुन निर्माण को लागि गठित "काष्ठमण्डप पुन निर्माण को लागि अभियान" लाई पुन निर्माण को लागि रु. १,११,१११ को चेक हस्तान्तरण गरेको कुरा स्मरण गराउदै सहयोगी सम्पूर्ण सहभागी साइकल यात्री, शुभेच्छुक तथा सहयोगी संघ, संस्था महानुभाव प्रति टुर डे लुम्बिनी परिवार हार्दिक आभार ब्यक्त गर्दछ।